पाँचथर : पाँचथरमा एक पुरुष खोलामा मृत फेला परेका छन् । जिल्लाको तुम्वेवा गाउँपालिकास्थित सावा खोलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
तुम्वेवा गाउँपालिका–२ स्थित सावा खोलामा पहिचान नखुलेको अन्दाजी ६० वर्षको पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय रविले जनाएको छ ।
प्रहरीका अनुसार खोलाले बगाइ ल्याएर खोला किनारमा घोप्टी परी मृत अवस्थामा पुरुषको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post