उदयपुर : उदयपुरको बेलका नगरपालिका ८ स्थित सप्तकोसी नदी किनारबाट ५५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।
कार्तिक ८ गते इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट गस्तीमा खटिएको प्रहरी टोलीले उक्त गाँजा बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय धुलाबारी झापाको प्रहरी टोलीले मेचिनगर नगरपालिका १० की नाजेरा खातुनलाई २ सय २० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।



















Discussion about this post