मोरङ : मोरङ जिल्लाको विभिन्न स्थानहरूबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवैध सामान प्रहरीले बरामद गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार मोरङको सीमावर्ती एरिया इलाकाहरूमा परिचालन भएको प्रहरी टोलीले अवैध रूपमा भन्सार छली गरी नेपाल भित्र्याउँदै गरेको अवस्थामा तीन लाख ८६ हजार चार सय बराबरको रेडिमेड कपडा, कुर्ता सुरुवाल, जुत्तालगायत विभिन्न प्रकारका खाद्यान्नका सामाग्री बरामद गरिएको हो ।
बरामद भएका उक्त सामग्री रानी भन्सार कार्यालयमा बुझाएको प्रहरीले जनाएको छ ।
Discussion about this post