पाँचथर : पाँचथर हाइड्रोपावर कम्पनीको ड्याममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिकाका ४९ वर्षीय कृष्ण तामाङ हाइड्रोपावरको ड्यामभित्र डुबेको अवस्थामा भेटिएका हुन् ।
उनको शव फिदिम ४ स्थित डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कात्तिक ११ गते हिलिहाङ ७ भारपास्थित घरबाट हिँडेका उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा डुबेको अवस्थामा भेटिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post