विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वहरूले नेपाली समाजको सहिष्णुता र एकतालाई प्रर्वद्धन गर्ने बताएका छन् ।
शनिबार नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ बनाउँदै लगेको उल्लेख गरेका हुन् ।
लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्षअघि राष्ट्रिय विभूति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उनले यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नति र प्रगतिका लागि क्रियाशिल रहन सबैलाई प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गरे ।
नेपाल सम्बत् नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुनेसमेत विश्वास व्यक्त गरे । कार्तिक कृष्ण प्रतिपदा तिथी अर्थात लक्ष्मीपूजाको भोलिपल्टबाट नेपाल सम्बत् सुरू हुन्छ ।
आज विषेश गरी नेवार समुदायले नेपाल सम्बत्लाई धुमधामले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।
काठमाडौं उपत्यकाभित्र नेवार समुदायले नयाँ वर्षसँगै लक्ष्मीपूजाको दिन पुरानो बहिखाता बन्द गरी आजबाट नयाँ बहिखाता सुरू गर्ने गरेका छन् ।













Discussion about this post