इटहरी : इटहरीमा डेढ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा इटहरी ८ का सुदीप तामाङका डेढ वर्षीय छोरा रेमन तामाङ रहेका छन् ।
इटहरी ८ स्थित ढोकापुल बस्ने सुदीपका छोरा रेमनको घर नजिकै रहेको पोखरीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
खेल्ने क्रममा पोखरीमा डुबेका बालकलाई बाहिर निकालेर घर ल्याउँदा उनको मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post