इटहरी : विवादमा तानिएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
उनले बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्की मक्ष राजीनामा बुझाएको जनाएका छन् ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णयसहित पठाउनुपर्ने व्यवस्था छ।
तर, मन्त्री अधिकारी मन्त्रिपरिषद्को निर्णयबिना नै जापान पुगेर फर्किएपछि आलोचित भएका थिए।
उनको जापान भ्रमण कूटनीतिक मर्यादाविपरीत थियो। जापानमा हुने एक कार्यक्रममा सहभागी हुन भन्दै अधिकारी गत कात्तिक १३ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले अहिले नैतिकताको खडेरी लागेकोसमेत बताए । उनले भने, ‘मेरोबारे टिप्पणी भएकाले नैतिकताको आधारामा राजीनामा दिएको हुँ । नैतिकताको खडेरी लागेको बेलामा मैले राजीनामा दिएको हुँ ।’
Discussion about this post