मोरङ : मोरङको रंगेली नगरपालिका ८ निचामारी स्थितमा पर्खालले किचेर नाबालिकाको मृत्यु भएको छ ।
स्थानीय कसरलाल ताजपुरियाको २ वर्षीया छोरी शोभा ताजपुरियालाई आफ्नै घरमा इटाले बनेको मन्दिरको पर्खाल अचानक झरेर किच्दा मृत्यु भएको हो ।
घाइते भएकी उनलाई उपचारको लागि रंगेली अस्पताल मोरङ पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post