विराटनगर : नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सम्मेलन आयोजना गर्ने भएको छ ।
आगामी मंसिर २२ गते प्रदेश विराटनगरमा सम्मेलन गर्ने तयारी भएको जानकारी दिइएको छ । सम्मेलनको पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् ।
पार्टीका केन्द्रीय पदाधिकारीसहित पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, नगर गाउँकार्यसमिति सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुको सहभागी रहने कांग्रेस कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
सम्मेलनमा कांग्रेस कोशी प्रदेशको राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रदेश सभापति उद्धव थापाले बताए ।
प्रदेशभरिका ६ सय ४८ प्रतिनिधिहरूले छलफल गरी पारित गर्ने थापाले बताए ।
यसैगरी राष्ट्रिय मेलमिलाप दिवस र सहिद दिवसको अवसर पारेर नेपालको होचो स्थान झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म सात महिने सांगठनिक जागरण अभियान सञ्चालन गरिने उनको भनाइ छ ।
Discussion about this post