मोरङ : मोरङको रंगेली नगरपालिका ८ भित्री सडकखण्डमा ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
को २ त ३१७२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरले किचिएर चालक स्थानीय ३७ वर्षीय लाला हेमरम भन्ने प्रतु हेमरमको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका ट्याक्टरमा सवार जहदा गाँउपालिका ७ का ४५ वर्षीय मोन्सी मुर्मुको रंगेली अस्पताल रंगेलीमा उपचार भइरहेको छ ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post