इटहरी : आइतबार हुने उपनिर्वाचनलाई लक्षित गरेर जिल्ला सुरक्षा सुरक्षा समितिले मोरङको ग्रामथान प्रवेशमा रोक लगाएको छ ।
जिल्ला सुरक्षा समितिले आज (शनिबार) राति १२ बजेदेखि भोलि (मंसिर १६ गते)मतदान नसकिएसम्मका लागि सवारीसाधानलाई पालिका प्रवेशमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलले जानकारी दिए ।
निर्वाचन सम्पन्न नभएसम्मका लागि ग्रामथान प्रवेश गर्ने बूढीगंगा गाउँपालिका–७ डंग्राहा, विराटनगर महानगरपालिका–१९ को मिलन चोक, कटहरी गाउँपालिका–७ को भौडाहा, सुन्दरहरैँचा नगरपालिका–१ को हरैंचाबाट अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइएको पोखरेलले जानकारी दिए ।
उनकाअनुसार ग्रामथान प्रवेश गर्ने चार वटै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । ग्रामथानको अध्यक्षमा यसअघि २०७९ मा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए ।
गत असार ३ गते उनको निधन भएपछि आइतबार उपनिर्वाचन हुन लागेको हो ।













Discussion about this post