Tuesday, September 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

धरानमा हवाई फायर गरी सरकारी नम्बर प्लेटको दुईवटा गाडीबाट सात सय केजी गाँजा नियन्त्रणमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १९, २०८१
in समाचार
0
धरानमा हवाई फायर गरी सरकारी नम्बर प्लेटको दुईवटा गाडीबाट सात सय केजी गाँजा नियन्त्रणमा

घटनाबारे पत्रकार सम्मेलन गरी जानकारी दिदैँ सुनसरी प्रहरी ।

186
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा सरकारी नम्बर प्लेटको स्कारपिओलाई हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको छ । मंगलबार साँझ धरान १३ बाट हवाई फायर गरी प्रहरीले गाँजा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाकाअनुसार धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट भएको स्कारपिओ र बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट भएको स्कारपिओबाट गाँजा बरामद भएको हो ।

‘बरामद भएका गाडीहरू सरकारी गाडीहरू हुन् कि होइनन् भन्नेबारे थप अनुसन्धान भएरहेको छ,’ एसपी तिम्सिनाले भने, ‘फेक सरकारी नम्बर प्लेट बनाएर प्रयोग गरिएको हो कि भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।’

उनका अनुसार चार राउण्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको हो । प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका ११ का ३६ वर्षीय श्यामकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । अर्को गाडीका सवारी चालक तत्काल फरार भएका छन् ।

प्रहरीले उक्त गाडीलाई नियन्त्रणमा लिनका लागि इन्सास राईफलबाट ४ राउण्ड फायर गरेको थियो । ‘जसमध्ये एक राउण्ड गोली उक्त गाडीको पछाडि रहेको सिसा भन्दा माथिलो भागमा लागेको र अर्को गाडीलाई घेरा हालेर नियन्त्रणमा लिइएको हो,’ एसपी तिम्सिनाले भने ।

प्रहरीका अनुसार बा १ झ ५१२७ नम्बरको गाडीमा प्लाष्टिकमा भएको ३६५ केजी गाँजा र प्लाष्टिकबाहेक जम्मा ३६० केजी गाँजा बरामद गरिएको छ ।

यसैगरी बा १ झ ४६०५ नम्बरको गाडीमा भएको गाँजा प्लाष्टिकसहित ३३५ केजी र प्लाष्टिकबाहेक जम्मा ३३० केजी गरी प्लाष्टिकसहित जम्मा तौल ७ सय केजी गाँजा बरामद गरिएको एसपी तिम्सिनाले जानकारी दिए ।

पक्राउ परेका विश्वकर्मालाई लागूऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थपको तयारी भइरहेको प्रहरीको भनाइ छ ।

गाँजा नियन्त्रणका निम्ति खटिएका इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जवेगुका अनुसार अर्को गाडीलाई रोक्ने क्रममा प्रहरीलाई नै पेल्ने अवस्थामा आएपछि गोली चलाउन बाध्य भएको हो । उनले भने, ‘गोली चलाएपछि अलिक तलतिर गएर गाडी छाडेर फरार भएको अवस्था छ, हामीले खोजी गरिरहेका छौँ ।’

बा १ झ ५१२७ नम्बरको गाडी चालक तत्काल फरार रहेका छन् । उक्त गाडीका चालकलाई नियन्त्रणमा लिनका निम्ति प्रहरीले सबैतिरका नाकामा निगरानी बढाएको छ ।

Tags: #धरान#धरान उपमहानगरपालिका#लागूऔषधगाँजा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका
FEATURE BREAKING

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिका ५ कुनाही गाउँमा खानेपानीको समस्या अझै समाधान भएको छैन । वर्षौँदेखि खोलाखोल्सी र कुवा पँधेरोको...

FEATURE BREAKING

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

by टाकुरा न्यूज । इटहरी
भदौ २३, २०८३
0

इटहरी । बाल यौन दुरुपयोग मुद्दामा हिरासतमा रहेका इटहरीका ६८ वर्षीय थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–४ का...

इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३
विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

विपत्तिको घडीमा हातेमालो गरौँ (सम्पादकीय)

भदौ २३, २०८३
आजको राशिफल – भाद्र २१ गते आइतबार

आज यी राशिलाई हुनेछ लाभ (भदौ २३ गते मंगलबार)

भदौ २३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

खोल्साखाल्सी र कुवाको पानीमा निर्भर उदयपुरका तीन पालिका

भदौ २३, २०८३

यौन दुर्व्यवहार आरोपीको हिरासतमै निधन

भदौ २३, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ

भदौ २३, २०८३
भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भोटेकोशी बाढीका मृतकप्रति इटहरीमा दीप प्रज्वलन

भदौ २३, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    449 shares
    Share 180 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    310 shares
    Share 124 Tweet 78
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    293 shares
    Share 117 Tweet 73
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    286 shares
    Share 114 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.