इटहरी : सुनसरीमा टिपरको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ ।
शनिबार (आज) देवानगञ्ज–हरिनगर सडकमा को १ ख ६४३१ नम्बरको टिपरले साइकलमा सवार पुरुषलाई ठक्कर दिएको थियो । ठक्करबाट देवानगञ्ज गाउँपालिका ७ का ५५ वर्षीय झल्लु उराँवको मृत्यु भएको हो ।
उराँवलाई हरिनगर गाउँपालिका–४, हरिनगर बजारस्थित टिपरले ठक्कर दिएको सुनसरी प्रहरीले जनाएको छ ।
घटनापछि हरिनगर क्षेत्र तनावग्रस्त बनेको छ । भीड नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
आक्रोशित स्थानीयबासीले टिपरमा आगजनीको प्रयाससमेत गरेका छन् ।
घटनामा संलग्न टिपरका चालक इटहरी उपमहानगपालिका–१६ बस्ने ३३ वर्षीय अब्दुल रहमान अन्सरीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post