उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका वडा नं १० स्थित गाईघाट दिक्तेल सडकको बोक्से खण्डमा हायस गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बोक्सेबाट काठमाडौँ जाने यात्रुहरू लिएर गाईघाटतर्फ आउँदै गर्दा गाडीले बाटोमा हिँड्दै गरेका पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट त्रियुगा नगरपालिका वडा नं. ११ चप्पन निवासी ५६ वर्षीय परणशेर राईको घटनास्थलै मृत्यु भएको हो ।
गाडी र चालक रुद्रबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
Discussion about this post