इटहरी : सुनसरी, झापा र उदयपुरको भिन्नाभिन्नै स्थानमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
झापा कन्काई नगरपालिका ८ लक्ष्मीपूरस्थित पूर्व पश्चिम राजमार्गमा ना ४ च ४०८४ नम्बरको छोटा हात्ती गाडीले बाटो काट्दै गर्दै गरेका स्थानीय ६५ वर्षीय गर्बसिंह राईलाई ठक्कर दिँदा मृत्यु भएको हो ।
घटनामा घाइते भएका उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल झापामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको इनरुवा नगरपालिका ६ स्थित पूर्व पश्चिम राजमार्गमा स्थानीय ९३ वर्षीय अमरबहादुर अधिकारीलाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिदाँ मृत्यु भएको हो ।
उता, हरिनगर गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा को १ ख ६४३१ नम्बरको टिपरको ठक्करबाट साइकलयात्री देवानगञ्ज गाउँपालिका ७ का ५० वर्षीय झलु उरावको घटनास्थलमै मृत्यु भएको हो ।
उता, उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा बा. प्र-०१-००६ ख ५८७१ नम्बरको हायस गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री त्रियुगा नगरपालिका ११ का ५५ वर्षीय परणशेर राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चार वटै घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post