मोरङ : मोरङको दुई छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका ९ सलकपुरमा ना ७ ख ३२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–०५४ प ३५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पथरीशनिश्चरे नगरपालिका ३ हसनदह का ४४ वर्षीय यमबहादुर रायमाझीको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी विराटनगर महानगरपालिका ७ हाटखोला स्थितमा को १ ख ३४८० नम्बरको ट्रकले पैदलयात्री मोरङ कानेपोखरी गाउँपालिका २ का २६ वर्षीय मानबहादुर लिम्बूलाई ठक्कर दिँदा मृत्यु भएको छ ।
घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीको भनाइ छ । दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post