इटहरी : सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–८ सोनियाहीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ६४ किलोग्राम गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित परिमाणको गाँजा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण सुनसरी मातहत बोर्डर आउट पोस्ट उल्टीले सोमबार बरामद गरेको हो ।
गाँजा ल्याउने व्यक्तिहरू भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै गाँजा सोही ठाउँमा छाडी फरार भएको प्रहरीले जनाएको छ ।
यसअघि सोही गण मातहत बिओपी साहेबगंजले बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करिब ३५ किलोग्राम गाँजासहितको अटो नियन्त्रणमा लिएको थियो ।
Discussion about this post