इटहरी : मोरङ र उदयपुरको दुई स्थानमा सवारी दुर्घटनाबाट दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका १ स्थितमा प्र.१-०४-००१ च ०१९५ नम्बरको पिकअप गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ९८ प ६७०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय हर्ष ढकालको मृत्यु भएको हो ।
घाइते भएका उनको कोशी अस्पताल विराटनगर पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको । पिकअप चालक मोरङको बूढीगंगा गाउँपालिका ३ का २९ वर्षीय जीवन पराजुलीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
यसैगरी उदयपुरको लिम्चुङबुङ गाउँपालिका ३ स्थितमा गाइघाटबाट लिम्चुङबुङतर्फ जाँदै गरेको बा १ च ३२६७ नम्बरको गाडी ब्रेक फेल भई दुर्घटना हुँदा गाडी चालक उदयपुर त्रियुगा नगरपालिका १६ का २६ वर्षीय युवराज तामाङको घटनास्थलमै मृत्यु भएको हो ।
गाडीमा सवार लिम्चुङबुङ-४ बस्ने वर्ष १९ की सुस्मिता खत्री, वर्ष २१ को सुबिम खत्री र वडा नम्बर ३ का वर्ष ४७ का बलदीप राई, वर्ष ४१ की निललक्ष्मी राई र वर्ष ६२ की चरीमाया राई छन् । उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ ।
Discussion about this post