संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका-२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र ५० ग्राम बारुद बरामद गरेको हो ।
भरुवा बन्दुकसहित पक्राउ परेका शेर्पाको जिल्ला प्रहरी कार्यालय संखुवासभावाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post