रामधुनी : सुनसरीको रामधुनी नगरपालिकामा सिटी सफारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
रामधुनीको डुम्राहा टोल स्थितमा प्र १–०२–००४ ह १४८१ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित हुँदा ५० वर्षीय पुरण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घटनामा उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाइएपनि चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
सफारीमा धान ओभरलोड गरेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
Discussion about this post