Sunday, June 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

झागड समुदायको सर्वेक्षण गर्दै इटहरीको जनता बहुमुखी क्याम्पसका विद्यार्थी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस ७, २०८१
in विविध, समाचार
0
झागड समुदायको सर्वेक्षण गर्दै इटहरीको जनता बहुमुखी क्याम्पसका विद्यार्थी
137
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले झागड समुदायको सर्वेक्षण गरेका छन् ।

क्याम्पसमा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरूले सामुदायिक सामाजिक सर्वेक्षण अन्तर्गत झागड समुदायको तथ्यांक संकलन गरेका हुन् ।

सामाजिक शास्त्र विषय विभाग अन्तर्गत समाजशास्त्र, अर्थशास्त्र र अंग्रेजी विषय अध्ययन गर्ने विद्यार्थीहरूले ३० पूर्णाङकको प्रयोगात्मक कार्यको एउटा हिस्साको रूपमा यो अध्ययन गरेका हुन् ।

विषय विभागले निर्धारण गरेको सुनसरीको कोसी गाउँपालिका वडा नं. २ मा रहेको उराउ (झागड) बस्तीमा गएर उक्त समुदायको संस्कृति, संस्कार र रहनसहनबारे अध्ययन गरिएको हो ।

समुदायमा महिलाको अवस्था, स्वास्थ्य शिक्षामा पहुँच र त्यसको अवस्था, रोजगारी र सामाजिक क्रियाकलापबारे अध्ययन गरिएको हो ।

क्याम्पसका उपप्राध्यापक तथा विषय विभाग प्रमुख अर्जुन उप्रेतीका अनुसार उक्त अध्ययनपछि विद्यार्थीहरूले क्याम्पसमा आएर समूहगत रूपमा प्रतिवेदन बनाएर कक्षामा प्रस्तुत गर्नेछन् ।

‘यो प्रारम्भिक चरणको सर्वेक्षण भएको र अन्तिम वार्षिक परीक्षाभन्दा अगाडि अर्काे चरणमा फाइनल प्रतिवेदनका लागि विद्यार्थीहरू कक्षामा सिकेको सैद्धान्तिक ज्ञानलाई पूर्ण रूपमा व्यवहारमा उतार्न पुनः एकपटक फिल्ड भिजिटमा जानेछन्,’ उप्रेतीले भने, ‘अन्तिम मूल्यांकनका लागि प्रतिवेदन बनाउनका निम्ति चरण–चरणमा फिल्ड गएर विद्यार्थीले विभिन्न समुदायको संस्कृतिबारे नजिकबाट नियाल्नेछन् ।’

यसरी विभिन्न समुदायको संस्कृतिबारे जानकार हुँदा विद्यार्थीहरू समाजसँग नजिक हुने र ‘रिसर्च’का लागि सहज हुने उप्रेतीले बताए ।

सहायक क्याम्पस प्रमुख तथा उपप्राध्यापक इन्द्रप्रसाद प्याकुरेलका अनुसार मानविकी शंकायमा विश्वविद्यालयले ३० पूर्णाङकको प्रयोगात्मक पाठ्यक्रम राखेपनि अधिकांश कलेजहरूले विद्यार्थीहरूलाई फिल्ड भिजिटमा नलैजाने उदृत गरे ।

‘प्रयोगात्मक ज्ञानको अभावले पढिसकेपछि पनि विद्यार्थीले काम गर्न नसक्ने अवस्था रहेको छ,’ उनले भने, ‘तर प्रथम वर्षदेखि नै फिल्डमा जाँदा विद्यार्थी प्रत्यक्ष रूपमै समुदायसँग जोडिन्छन् ।’

उक्त अध्ययनमा उराउ समुदायले आफ्नो सांस्कृतिक नृत्य ‘कर्माधर्मा’धर्माकर्मा प्रस्तुत गरेका थिए ।

Tags: जनता बहुमुखी क्याम्पसशिक्षासर्वेक्षण
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका
समाचार

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

विराटनगर : विराटनगरमा स्थानीय युवा, विद्यार्थी र जलवायु अभियन्ताहरूलाई जलवायु परिवर्तन र जलवायुको मुद्दामा सशक्त बनाउने उद्दैश्यका साथ विराटनगर जलवायु...

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल
FEATURE BREAKING

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

by टाकुरा न्यूज । इटहरी
असार १४, २०८३
0

इटहरी : शनिबार साँझ कोशी कलेजको सभाहलमा कविता, मौनता र संवेदनाको अद्भुत संगम देखियो। काव्य डबलीले आफ्नो तेस्रो शृङ्खला आयोजना...

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३
बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

बासुदेव बरालको ‘कोशी’ पुस्तकमाथि इटहरीमा परिचर्चा

असार १३, २०८३
सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

असार १३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

विराटनगरमा जलवायु सिकाइ गोष्ठी, अभियानको नेतृत्वमा युवा र बालबालिका

असार १४, २०८३
काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

काव्य डबलीको तेस्रो शृङ्खला : ‘किप साइलेन्स’पछि मन्त्रमुग्ध बन्यो सभाहल

असार १४, २०८३
इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

इलाममा पहिरोले सडक अवरुद्ध, पाँचथर–ताप्लेजुङको यातायात प्रभावित

असार १४, २०८३
उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

उवासंघ निर्वाचन : कागजात नमिलेपछि चार जनाको उम्मेदवारी खारेज

असार १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    687 shares
    Share 275 Tweet 172
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    397 shares
    Share 159 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    382 shares
    Share 153 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    353 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.