इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।
गस्तीका क्रममा अवैध लागूऔषध गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए । बराहक्षेत्र नगरपालिका १ को पटनाली खोलाबाट ९७ केजी गाँजा बरामद गरिएको उनले बताए ।
सशस्त्रले पटनाली खोलास्थित उत्तरतर्फबाट खोलाको बाटो हुँदै दक्षिण चतरा–धरान सडक खण्डतर्फ जाँदै गरेको अपरिचित व्यक्तिहरूले जेब्रा झोलामा ल्याउँदै गरेको अवस्थामा उक्त गाँजा बरामद गरेको जनाएको छ ।
गाँजा बोक्ने व्यक्ति फरार भएकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post