इटहरी : एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस इटहरीले आफ्नै कार्यालयमा एजुकेशन फेयर सम्पन्न गरेको छ ।
अस्ट्रेलिया र युके अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई आधिकारिक परामर्श उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको संस्थाका प्रबन्ध निर्देशक कमल प्रसाद तिम्सिनाले बताए ।
उनका अनुसार उक्त एजुकेशन फेयरमा अस्ट्रेलिया र युकेका प्रसिद्ध युनिभर्सिटी र कलेजका नेपाल प्रतिनिधिहरूले विद्यार्थीहरूलाई परामर्श दिएका थिए ।
एक सय ५० भन्दा बढी विद्यार्थीहरूले परामर्श लिएका छन् ।
विद्यार्थीहरूले टोरेन्स युनिभर्सिटी, अस्ट्रेलियन व्याधोलिक युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी सिड्नी, नाभिटास माउन्टेन्स इन्टरनेशनल होटल म्यानेजमेन्ट स्कुल लगायतका शैक्षिक कार्यक्रम प्रदायकबाट सेवा लिएको तिम्सिनाले बताए ।
आइएलटीयस पठनपाठनमा अब्बल एक्सपर्ट इटहरी पूर्व क्षेत्रकै उत्कृष्ट शैक्षिक परामर्शदाताको रूपमा क्रियाशील रहेको तिम्सिनाको भनाइ छ ।














Discussion about this post