इटहरी : इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ ।
सुनसरी प्रहरीकाअनुसार इटहरी र धरानसहित तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो ।
सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बूढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो ।
एसपी तिम्सिनाले भने, ‘अहिले नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गर्ने तयारी गरिरहेको छ ।’
बम फेला परेकोबारे प्रहरीलाई मोबाइलमा म्यासेज आएपछि उक्त स्थानमा विशेष सावधानी अपनाएको छ ।














Discussion about this post