धनकुटा : धनकुटामा पिकअप भ्यान दुर्घटना हुँदा चालक र सह-चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार बिहीबार राति करिब ९ बजेतिर पाख्रीबास–हिले सडक खण्डअन्तर्गत पाख्रीबास नगरपालिका–३ जौटारमा को १ ज २६३९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो ।
दुर्घटनामा पिकअप चालक पाख्रीबास–९ उत्तरपानीका ३९ वर्षीय शुक्रबहादुर तामाङ र सह-चालक सिरहाको लाहान नगरपालिका–५ का २४ वर्षीय प्रमोद मल्लिकको मृत्यु भएको हो ।
दुवै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post