मोरङ : देशमा देखिएको आर्थिक संकट मोचनका लागी नेपाली काङ्ग्रेस र एमालेबीच सात बुँदे सहमति भएको नेपाली काङ्ग्रेसका उपसभापति धनराज गुरुङले बताएका छन् ।
गुरुङले नेपाल प्रजातन्त्र सेनानी संघ कोशी प्रदेशको विराटनगरमा चलेको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
उनले भने घाम ताप्न नभई अहिलेको संकट मोचनको लागि सात बुँदे सहमति भएको बताए । सहमतिमा चन्द्रग्रहण लाग्न दिन नहुनेतर्फ पनि ध्यानाकर्षण गराए ।
संविधान संसोधनपछि बाँकी रहेका काम सकिने भन्दै सांसद गुरुङले संविधान संसोधनको कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए ।
रगतको खोलो बगाएर आएको प्रजातन्त्र धनको खोलाले बग्ने स्थिति बन्न नहुनेतर्फ सचेत गराउँदै सांसद गुरुङले त्यसको लागि संविधान संसोधन अपरिहार्य रहेको बताए ।
अर्को पार्टीको झण्डा बोक्दैमा कोही दुस्मन नहुने तर्क गर्दै उनले नेपालीको दुस्मन गरिबी, अभाव, भ्रष्टाचार र बेथिति रहेको तर्क गरे ।














Discussion about this post