धनकुटा : धनकुटामा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
जिल्लाको चौबीसे गाउँपालिकाका एक व्यक्तिलाई बालिका बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय सुजन खतिवडा रहेको प्रहरीले जनाएको छ ।
गत मंसिर २८ गते साँझ करिब ७ बजे ललाइफकाइ नजिकको खेतमा लगेर जबर्जस्ती करणी गरेको प्रहरीमा जाहेरीमा उल्लेख छ ।
किटानी जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुकटाले जनाएको छ । पीडितकी दिदीले प्रहरीमा बिहीबार किटानी जाहेरी दिएकी थिइन् ।
घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।














Discussion about this post