Sunday, January 18, 2026
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको टाइसिट सार्वजनिक

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ८, २०८१
in खेलकुद, समाचार
0
दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको टाइसिट सार्वजनिक
139
SHARES
Share on FacebookShare on Twitter

इटहरी : यही माघ १७ गतेदेखि इटहरीमा हुने दोस्रो स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय प्रतियोगिताको टाइसिट सार्वजनिक गरिएको छ ।

द योङ ब्रदर्श क्लबको आयोजनामा इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता माघ २४ गते समापन हुनेछ ।

जसका लागि आठ वटा टिम सहभागी हुनेछन् । पहिलो दिन माघ १७ गते न्यू स्टार क्लब बराहक्षेत्र र दमक एकेडेमी फुटबल क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी दोस्रो दिन १८ गते आयोजक द योङ ब्रदर्श क्लब इटहरी र केराबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो दिन १९ गते लोहोरुङ फुटबल क्लब संखुवासभा र चारतारे युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष विजय सुब्बाले जानकारी दिए ।

यस्तै, चौथो दिन माघ २० गते गाइघाट फुटबल क्लब उदयपुर र सिंहदेवी फुटबल क्लब धनकुटाबीच प्रतिस्पर्धा हुनेछ ।

माघ १७ र १९ गतेका विजेता टिमले माघ २१ गते पहिलो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने माघ १८ र २० गतेका विजेता टिमले माघ २२ गते अन्तिम सेमिफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

अघिल्लो वर्ष भएको प्रतियोगितामा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले उपाधि जितेको थियो ।

२४ गते भने फाइनल खेल हुने भएकाले २३ गते आयोजकले आवश्यक तयारी गर्ने सुब्बाले बताए । सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ ।

उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रतियोगिता संयोजक विकास केसीका अनुसार प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ ।

उक्त क्लब इटहरीको पुरानो क्लब रहेको र खेल क्षेत्रमा लाग्ने युवाहरू कुलतबाटसमेत मुक्त हुने भएकाले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

केसीका अनुसार खेलमा विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई नगदसहित पुरस्कृत गरिने तयारी छ ।

जसअनुसार सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने तयारी गरिएको उनले बताए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

Tags: #खेलकुद#विकास केसीगोल्डकपद योङ ब्रदर्शविजय सुब्बा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग
FEATURE BREAKING

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

by टाकुरा न्यूज । इटहरी
माघ ३, २०८२
0

तस्बिरमा मकालु पदमार्ग । हिमाली भू–दृश्य, वनजङ्गल र बस्ती जोड्दै यात्रुलाई प्रकृति र संस्कृतिको अनुपम अनुभूति गराउने मार्ग। तस्बिरहरू :...

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी
खेलकुद

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

by गुरु ढकाल
माघ ३, २०८२
0

विराटनगर : नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिग अन्तर्गत शनिबारको खेलमा डाइनामिक क्रिकेट एकेडेमीले विजयी भएको छ । ।...

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२
नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

नेपालमै दुर्लभ मानिने मन्डारिन हाँसको जोडी तरहरा क्षेत्रमा (तस्बिरहरूसहित)

माघ ३, २०८२
रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

रास्वपा बर्जुको नेतृत्वमा रिकेश चौधरी

माघ २, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

६ तस्बिरमा हेर्नुहोस् मकालु पदमार्ग

माघ ३, २०८२
विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

विराटनगर क्रिकेट लिग : डाइनामिक विजयी

माघ ३, २०८२
झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

झापामा चालकको लापरबाहीले बढ्यो सवारी दुर्घटना

माघ ३, २०८२
सुनसरीमा ट्रक दुर्घटना हुँदा मृत्यु हुने पाँच जना कामदार यी हुन् (नामावलीसहित)

सुनसरी ट्रक दुर्घटना : मृतक पाँच परिवारलाई जनही १२ लाख राहत

माघ ३, २०८२



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    लागूऔषध : इटहरीका साहसहित ६ जना पक्राउ

    686 shares
    Share 274 Tweet 172
  • झुम्का कारागारबाट फरार इटहरीका अनिष पक्राउ

    457 shares
    Share 183 Tweet 114
  • साँझको भीडभाडमा ब्राउनसुगर कारोबारको प्रयास, इटहरीबाट एक युवक पक्राउ

    266 shares
    Share 106 Tweet 67
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा तरहराका निशान शर्माको फोटो विश्वव्यापी दशौँ स्थानमा

    258 shares
    Share 103 Tweet 65
  • कवितामा अधारित रियालिटी सो सुरू, माघ ४ देखि प्रसारण

    173 shares
    Share 69 Tweet 43

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.