धनकुटा : धनकुटा नगरपालिका ७ स्थितबाट प्रतिबन्धित लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटा ७ का २१ वर्षीय किरण राईको साथबाट लागूऔषध ट्रामोल २७ ट्याब्लेट र स्पास्पेन १७ क्याप्सुल फेला पारेको थियो ।
प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















Discussion about this post