Saturday, July 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीका अग्रज तथा सक्रिय पत्रकारहरूसँग महासंघले माग्यो सुझाव

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ १५, २०८१
in समाचार
0
सुनसरीका अग्रज तथा सक्रिय पत्रकारहरूसँग महासंघले माग्यो सुझाव
74
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल पत्रकार महासंघ सुनसरीले जिल्लाका पत्रकारहरूसँग सुझाव माग गरेको छ । एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्लाका अग्रज तथा सक्रिय पत्रकारहरूसँग सुझाव माग गरिएको गरिएको हो ।

उपस्थित पत्रकाहरूले महासंघले वार्षिक क्यालेन्डर प्रकाशन गरी कार्ययोजना तयार पार्नुपर्ने र पत्रकारहरूको क्षमता अभिवृद्धिका निम्ति तत्कालै काम गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।

पत्रकारले आचारसंहितासमेत अध्ययन गर्न आवश्यक रहेको र उक्त आचारसंहिताबारेसमेत जानकारी गराउन आवश्यक रहेको बताइएको थियो ।

महासंघले विभिन्न संस्थासँग संस्थागत ‘कोलाब्रेसन’ गर्न आवश्यक रहेको र न्यू मिडियाबारे नयाँ पुस्तालाई प्रशिक्षणको आवश्यक रहेको बताइएको थियो । साथै, इतिहासलाई अभिलेखीकरण गर्नुपर्नेसमेत सुझाव दिइएको थियो ।

कार्यक्रममा वरिष्ठ पत्रकारद्वय हर्ष सुब्बा, कृष्णविनोद लम्साल, अग्रज पत्रकारहरू गोपाल देवान, सुविद गुरागाईँ, गोरखापत्र संस्थानका सदस्य सचिन पोखरेल, महासंघका पूर्व केन्द्रीय सदस्य एवम् सुनसरीका सल्लाहकार अमर खड्का, पूर्व केन्द्रीय सदस्य भीषण राईलगायतले पत्रकारको भौतिक सुरक्षाका कुरामा काम गर्न आवश्यक रहेको बताउँदै पत्रकारहरू कुनै पनि विचारबाट प्रभावित भएर समाचारलाई कमजोर बनाउन नहुने धारणा राखेका थिए ।

यसैगरी प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराई, महासंघका सल्लाहकार गणेश निरौला, महासंघ कोशीका पूर्व सचिव देवेन्द्र कार्की, नेपाल प्रेस युनियन सुनसरी सभापति ध्रुव ढकाल, प्रेस चौतारी नेपाल सुनसरी अध्यक्ष शुभद्रा प्याकुरेल, फोनिज सुनसरी अध्यक्ष सुनील चौधरी, फोटो पत्रकार समूह सुनसरी अध्यक्ष गुरु ढकाललगायतले बोल्दै पछिल्लो समय स्थानीय तहले मिडियामा अंकुश लगाउने नीति ल्याएकाले त्यसविरूद्ध आवाज उठाउनुपर्ने बताए ।

मिडियालाई प्रबद्र्धन गर्न महासंघले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

यसैगरी हिमाल दाहाल, सुरेशचन्द्र दाहाल, दीपक कार्की, मात्रिकाप्रसाद नेपाल, धीरेन्द्र चौधरी, नवराज विष्ट, कृष्ण बहाब, प्रदीप चौधरी, एलिना राई, रञ्जना पौडेल, विवेक भट्टराई, बाबुराम कार्की, तारा लामगादे, उपेन्द्र चाम्लिङ, सुमन पुरी, भोजराज श्रेष्ठ, सन्तोष यादव, सुप्रिया राई, सिर्जना ठाकुर, मिलन अधिकारी, स्वर्णिम राईलगायतले आफ्ना धारणा राखेका थिए ।

उनीहरूले पत्रकारलाई क्षमता अभिवृद्धिका निम्ति प्रशिक्षण, लेखनवृत्ति प्रदानसहित विभिन्न विषयबारे सुझाव दिए ।

महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले कार्यक्रममा उठेका समस्याबारे आफूहरूले सम्बोधन गर्ने र तीन वर्षको कार्यकालमा इतिहासको अभिलेखीकरण गर्ने बताए ।

महासंघ सुनसरीका कोषाध्यक्ष विवेक रेग्मीको संयोजकत्वमा भएको उक्त कार्यक्रम निर्वाचनपश्चातको पहिलो कार्यक्रम हो । उक्त कार्यक्रममा सुझाव टिपोट गरिएको र एक प्रतिवेदन बनाएर सार्वजनिक गरिनेसमेत रेग्मीले जनाए ।

सचिव विनय बाह्रकोटीका अनुसार अग्रज पत्रकारहरूले नयाँ पुस्ताको कुरा सुन्ने र नयाँ पुस्ताले अग्रजको अनुभवसमेत सुन्ने कार्यक्रम भएको थियो ।

Tags: #पत्रकारनेपाल पत्रकार महासंघपत्रकार महासंघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

झापा : हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्। झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक...

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’
FEATURE BREAKING

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

by टाकुरा न्यूज । इटहरी
साउन २, २०८३
0

इटहरी : काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको...

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरीमा राजस्व सेवा सात दिन पूर्ण बन्द

साउन १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

कोशी मन्त्रिपरिषद्का तीन निर्णय

साउन १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा कारको ठक्करबाट मोरङका दुई मजदुरको मृत्यु

साउन २, २०८३
इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

इटहरीमा मञ्चन हुँदै नाटक ‘पापशाला’

साउन २, २०८३
नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

नौ महिनापछि फर्कियो प्रहरी सेवा, इटहरीमा वडा प्रहरी कार्यालय सञ्चालन

साउन १, २०८३
एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

एक वर्षमा २२ गैँडाको मृत्यु, करेन्टले पनि लियो दुईको ज्यान

साउन १, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1002 shares
    Share 401 Tweet 251
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    766 shares
    Share 306 Tweet 192
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    598 shares
    Share 239 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    463 shares
    Share 185 Tweet 116
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    407 shares
    Share 163 Tweet 102

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.