इटहरी : पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट बढेर आएपछि मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जनाएको छ ।
निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर चार रुपैयाँ बढाइएको छ ।
एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।












Discussion about this post