धनकुटा : धनकुटामा गोलिया काठले किचेर एक युवकको मृत्यु भएको छ ।
जिल्लाको चौबिसे गाउँपालिका ८ वसन्तटारमा गोलिया काठले किचेर एक युवकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चौबिसे ७ का २७ वर्षीय मौसम चेम्जाङ रहेका छन् । ढुवानीको तयारीका लागि बाटो माथि राखिएको गोलिया काठ झार्ने क्रममा उनलाई सोही गोलियाले किचेको थियो ।
गम्भीर घाइते भएका चेम्जोङलाई उपचारका लागि धरानतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post