धरान : धरान उपमहानगरपालिका १७ स्थितबाट लागूऔषध गाँजा बोकेको कार प्रहरीले नियन्त्रणमा लिएको छ ।
लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
धरान १७ स्थित बिष्णुपादुका जाने सर्दुखोलाको पुल नजिक चालक नभएको अवस्थामा रोकेर राखेको बा ९ च १७६८ नम्बरको कारलाई शंका लागेर चेकजाँच गर्दा कारभित्र एक सय एक केजी गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भएसँगै उक्त कारलाई प्रहरीले नियन्त्रणमा लिएर संलग्न व्यक्तिको खोजतलास भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।














Discussion about this post