Tuesday, August 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयरले लगाएको ताला मेयरको निर्देशनमा फोडियो, के हो विवाद ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २४, २०८१
in टाकुरा विशेष, समाचार
0
इटहरीमा एमाले जनप्रतिनिधि र कर्मचारीबीच टसल, उपमेयरलाई ४८ घण्टे अल्टिमेटम
209
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा कर्मचारीको कार्यकक्षमा उपमेयर संगीता कुमारी चौधरीले लगाएको तालाबन्दी मेयर हेमकर्ण पौडेलको निर्देशनमा फोडिएको छ ।

चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले तत्कालीन प्रशासन महाशाखा प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा गत माघ ११ गते तालाबन्दी गरेका थिए ।

कर्मचारी सरूवा गर्दा सहमति नगरेको, सरूवा भएका कर्मचारीहरूको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै चौधरीलसहित एमाले जनप्रतिनिधिहरूले तालाबन्दी गरेका थिए । तर, बुधबार मेयर पौडेलको निर्देशनमा इटहरी ६ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता दिवस पोखरेलले ताला फोडेका हुन् ।

यसअघि तत्कालीन प्रशासन प्रमुख खड्काको देवानगञ्ज सरुवा भएसँगै उक्त शाखामा दीपक पौडेलले काम सुरू गरिसकेका छन् ।

कार्यकक्षमा तालाबन्दी गरिएपछि कर्मचारीहरूले ४८ घण्टाभित्र माफी माग्नुपर्ने बताएपनि हालसम्म विवाद टुंगिएको थिएन ।

खासगरी गत २८ पुसमा मेयर हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको निर्देशनमा तत्कालीन प्रशासन महाशाखा प्रमुख खड्काको हस्ताक्षरमा ७७ जना कर्मचारीको सरूवा गरिएको थियो ।

कर्मचारी सरूवामा मनपरी गरेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग सल्लाह नगरिएको भन्दै उपप्रमुख चौधरीसहितका जनप्रतिनिधि आक्रोशित थिए ।

कर्मचारी सरूवा गर्दा पक्षपात गरेको भन्दै माघ ३ गते कार्यवाहक मेयर चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले सरूवाको निर्णय उल्टाएको थियो । मेयर पौडेलले चौधरीलाई कार्यवाहक प्रमुख तोकेर आफू भारत गएको समयमा चौधरीले प्रशासन प्रमुखकको कार्यकक्षमा तालाबन्दी गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।

मेयर पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कर्मचारी ट्रेड युनियनहरूद्वारा आन्दोलनको कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएको अवस्थामा २२ माघ २०८१ मा मेरो कार्यकक्षमा उपप्रमुखसहित जनप्रतिनिधिहरूसँग समस्या समाधानका निम्ति छलफल भएको थियो । तर, प्रशासन शाखामा लगाइएको ताला खोल्ने विषयमा सहमति हुन सकेन ।’

पालिकामा जनप्रतिनिधि र कर्मचारीहरूको सहकार्य र एकापसको आत्मसम्मानसहित सेवाग्राहीलाई सेवा दिनुपर्ने भएपनि तालाबन्दीका कारण काम ठप्प भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । तालाबन्दीका कारण दैनिक कामकाजमा समस्या भएको भन्दै ताला फोड्न निर्देशन दिएको मेयर पौडेलले जनाए ।

उपमेयर चौधरीका अनुसार आज (बिहीबार) पुनः छलफल गर्ने तयारी छ । उक्त छलफलमा पनि सहमति जुटेन भने मेयरकै कार्यकक्षमा ताला लाग्ने उनले चेतावनी दिइन् ।

यसअघि १३ माघमा एकीकृत सरकारी कर्मचारी सङ्गठन सुनसरी, राष्ट्रिय कर्मचारी सङ्गठन सुनसरी, नेपाल निजामती युनियन सुनसरी र नेपाल निजामती कर्मचारी युनियन इटहरी कमिटीले संयुक्त विज्ञप्ति सार्वजनिक गरी उपमेयर चौधरीलाई आत्मआलोचना गर्न र ताला खोल्न ४८ घण्टे अल्टिमेटम दिएका थिए ।

मेयर पौडेलले उक्त विज्ञप्ति बुझ्दै आफूले सो समयभित्र विवाद समाधान गर्ने उल्लेख गरेका थिए । तर, विवाद समाधान हुने भन्दा पनि विवाद उत्कर्षमा पुगेको हो ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिकाटाकुरा विशेषविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विविध

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

by रासस
साउन १८, २०८३
0

झापा : झापामा आर्थिक वर्ष २०८२/८३ मा विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीमध्ये ६९६ जनामा ‘स्क्रब टाइफस’ सङ्क्रमण पुष्टि...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

by रासस
साउन १८, २०८३
0

झापा : पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा गिरावट आएको छ । काँकडभिट्टा भन्सार कार्यालयका अनुसार अघिल्लो...

कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३
झापामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु

पिकअपको ठक्करबाट एक वृद्धको मृत्यु

साउन १८, २०८३
चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

चरा पर्यटनका लागि उपयुक्त गन्तव्य बन्दै थुम्केरानी (फोटो फिचरसहित)

साउन १८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

झापामा एक वर्षमा ६९६ जनामा स्क्रब टाइफस संक्रमण

साउन १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकाबाट चिया निर्यात घट्यो, आम्दानीमा ६४ करोडको कमी

साउन १८, २०८३
कोशी प्रदेशमा विपद् न्यूनीकरणका लागि बीमा र बस्ती स्थानान्तरणको तयारी

कोशीमा मुख्यमन्त्री फेर्ने ओलीको चाहना, कार्कीको अडानले पेचिलो बन्यो विवाद

साउन १८, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीमा निषेधाज्ञा पूर्ण रूपमा हट्यो

साउन १८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.