Monday, June 8, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

न्यूरोड टिम काठमाडौँलाई लगातार दोस्रोपटक बुढासुब्बा गोल्डकपको उपाधि

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २६, २०८१
in खेलकुद, समाचार
0
न्यूरोड टिम काठमाडौँलाई लगातार दोस्रोपटक बुढासुब्बा गोल्डकपको उपाधि
119
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरान रंगशालामा शनिबार सम्पन्न बुढासुब्बा गोल्डकपको न्यूरोड टिम काठमाडौँ (एनआरटी)ले उपाधि चुमेको छ ।

साविक विजेतासमेत रहेका एनआरटीले चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि चुमेको हो ।

खेलको २४ मिनेटमा चर्च ब्वाइजका लागि अनन्त तामाङले गोल गरे । उनले फ्रिकिकमार्फत गोल गरेका थिए ।

खेलको २७ औँ मिनेटमा एनआरटीका लागि हेनरी एडिसे पोकोले जवाफी गोल फर्काए । पहिलो हाफमा १–१ बराबरीमा टुंगिएको प्रतियोगितामा खेलको ५८ मिनेटमा एनआरटीकै हेनरी एडिसे पोकोले थप १ गोल गर्दै जित शुनिश्चित गरे । त्यसपछि निर्धारित समयमा दुवै टिमबाट गोल हुन सकेन ।

यससँगै एनआरटीले तेस्रोपटक बुढासुब्बा गोल्डकपको उपाधि चुमेको छ । १० औं संस्करण र २४ औं संस्करण र २५ औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि चुमेको हो ।

खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित हुँदै नगद १० हजार पुरस्कार प्राप्त गरे ।

यो सिजनमा एनआरटी र चर्च ब्वाइज चारवटा प्रतियोगितामा आमने सामने हुदा तीन वटा प्रतियोगिताको फाइनलमा यी दुई टोलीले उपाधिका लागि खेलेका छन् ।

बुढासुब्बा गोल्डकप र इलाम गोल्डकपको उपाधि भिडन्तमा एनआरटीले चर्च ब्वाइज पराजित ग¥यो भने झापा कपको उपाधि भिडन्तमा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरेको थियो ।

यसैगरी विधातर्फ सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित भए । यससँगै उनले नगद एक लाख पुरस्कार प्राप्त गरे ।

सर्वाधिक गोलकर्ता चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्माण्ड भिदोंग घोषित भए । उनीहरूले समान ३ गोल गरेका थिए ।

उनीहरूलाई नगद ३५ हजार पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समीर तामाङ, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए ।

उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्रदान गरिएको थियो ।

खेलको विजेता टिम एनआरटीले नगद १० लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ भने उपविजेता चर्च ब्वाइजले पाँच लाखमा चित्त बुझाएको छ । धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ वटा टिम सहभागी थिए ।

Tags: #खेलकुदबुढासुब्बाबुढासुब्बा गोल्डकप
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान
विविध

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

by रासस
जेष्ठ २४, २०८३
0

उदयपुर : जेठको पहिलो हप्तादेखि अत्यधिक गर्मीसँगै सुक्खा खडेरी सुरु भएकाले असार साउनमा रोपाइँका लागि किसानले राखेको धानको ब्याड सुक्न...

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज
समाचार

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

by रासस
जेष्ठ २४, २०८३
0

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३
कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

कामधेनुका कर्मचारी आत्महत्या प्रकरण : दुई फरार प्रतिवादी पक्राउ गर्न अदालतको आदेश

जेष्ठ २४, २०८३
गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

गृहनगरमा कवि टीका आत्रेयको एकल कविता वाचन

जेष्ठ २४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

समयमा पानी नपर्दा सुक्न थाल्यो चैते धान

जेठमा खडेरी ! धानको ब्याड चिरा पर्न थालेपछि उदयपुरका किसान चिन्तित

जेष्ठ २४, २०८३
टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

टेम्केमैयुङमा सिरदली–चौडेनी सडक स्तरोन्नति, स्थानीयको दैनिकी सहज

जेष्ठ २४, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरी र धरानबाट लागूऔषधसहित चार जना पक्राउ

जेष्ठ २४, २०८३
रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

रास्वपा सुनसरी जिल्ला सभापतिमा सागर दाहाल निर्वाचित

जेष्ठ २४, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1503 shares
    Share 601 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    903 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    613 shares
    Share 245 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    517 shares
    Share 207 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.