Tuesday, June 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

नमुना कलेजको ‘बिग इनोभेसन डे’मा जब देखियो ‘बेरोजगार चिया पसल’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ३०, २०८१
in समाचार
0
422
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बुधबार इटहरी नमुना कलेजले ‘बिग इनोभेसन डे’ मनायो । उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरूले विभिन्न स्टल राखेर आफ्ना उत्पादनको प्रदर्शनी गरे ।

जसमा विद्यार्थीहरूले सूचना, प्रविधि, शिक्षा, कला, साहित्य, संस्कृति, कृषि, खाद्यान्न, स्वास्थ्यलगायत दैनिक जीवनमा प्रयोग हुने सामाग्रीहरूको प्रदर्शनी गरेका थिए ।

जसमध्ये पनि उक्त प्रदर्शनीमा लेखिएको एउटा स्टलमा अवलोकनकर्ताहरूको भीड लाग्यो । जहाँ लेखिएको थियो – ‘बेरोजगार चिया पसल’ ।

खासगरी बेरोजगार युवाहरू हुन्, वा जतिसुकै व्यस्त मानिसहरू नै । कुनै गफगाफ गर्नुपर्यो भने पहिलो रोजाइ चिया पसल नै हुन्छ । कतिपयले त चिया पसलमा घण्टौँ बिताउँछन् ।

त्यस्तै, घण्टौँ बिताउने माध्यम चिया पसल भएको भन्दै नमुना कलेजको बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले बेरोजगारी चिया पसलको स्टल राखेका थिए ।

जहाँ साधारण (नर्मल)देखि मट्का र मसाला चिया बिक्री गरिएको थियो । १५ रुपैयाँदेखि ४० रुपैयाँ मूल्य तोकिएको चिया पसलमा विद्यार्थी र प्रेमिल जोडीका लागि भने छुट दिइएको विद्यार्थी सविन श्रेष्ठले बताए ।

पछिल्लो समय युवा जमातमा मट्का चियाको माग बढ्दै गएकाले यो कन्स्पेटमा प्रदर्शनी राखिएको विद्यार्थी सविन बताउँछन् । उनका अनुसार पछिल्लो समय आम मानिसहरू विदेश जाने अवस्था भइरहँदा चिया पसलबाटै पनि देशमै टिक्न सकिने सन्देश दिन पनि उक्त स्टल राखिएको हो ।

‘युवा जमातमा मट्का चियाको माग बढ्नुले पनि यसमा आकर्षण गरेको छ,’ उनले भने, ‘पछिल्लो समय विद्यार्थीहरू विदेश गइरहेको अवस्थामा देशमै पनि चिया पसल सञ्चालन गरेर नै थोरै लगानीमा टिक्न सकिन्छ भन्ने पनि सन्देश दिन खोजिएको हो ।’

सविनसहित एलिसा बराल, आस्थिका चौहान, आशिष श्रेष्ठ, सहेली श्रेष्ठ र रक्षा घलेको टिमले उक्त स्टल राखेको हो ।

‘चियामा विभिन्न मसाला कुटेर आफैँले उत्पादन गरिएका सामाग्री प्रयोग गरिएको हो,’ विद्यार्थी आस्थिकाले भनिन्, ‘मानिसको एकै नजरमा यो नाम क्याच होस् भनेर राखेका हौँ । जसकारण धेरैजना अवलोकनकर्ताहरूले चियाको स्वाद लिनुभएको छ ।’

‘टाइम पास’लाई चिया गफ र ‘आइडिया’सँग सेयर गर्नुपर्ने सन्देश दिइएको थियो ।

बुधबार इटहरी ९ स्थित जनता माध्यमिक विद्यालयअघि रहेको अगाडीको मैदानमा ८९ वटा स्टल राखिएको थियो ।

जसमा ग्रिन पिस इटहरीमा अध्ययनरत नर्सरीदेखि नमुना कलेजमा अध्ययनरत स्नातक तहसम्मका विद्यार्थीहरूले आफैँले उत्पादन गरेका सामाग्रीको प्रदर्शनी राखिएको थियो ।

कलेजको २५ औँ स्थापना दिवसको अवसरमा बिग इनोभेसन डे मनाइएको क्याम्पस प्रमुख धर्म न्यौपानेले जनाए । उनले विद्यार्थीहरूको रूचि र सिर्जनात्मक क्षमतालाई प्रोत्साहन प्रयोगात्मक सिकाईलाई जोड दिइएको बताए ।

उनले भने, ‘विद्यार्थीहरूलाई किताबी ज्ञानमा सीमित राख्ने भन्दा पनि, उनीहरूलाई जीवनमा प्रयोग हुने शिक्षा दिन हामी तत्पर छौँ । जसको परिणाम आजको यो प्रदर्शनीमा देखिन्छ ।’

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीलगायतको उपस्थिति रहेको कलेजका सञ्चालक समिति अध्यक्ष केशव खड्काले बताए ।

खड्काका अनुसार २०५६ सालमा स्थापना भएको ग्रिन पिस एकेडेमी थप स्तरोन्नति गर्दै २०७० सालमा इटहरी नमुना कलेजको रूपमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको हो ।

आधारभूत तहदेखि कलेजमा प्लस टु तथा स्नातक तहमा बिएस.डब्लु., बिसिए, बीएचएम, बिबिएस, बिबिए, बिआईटी र स्नातककोत्तर तहमा एमबिएको अध्यापन गराइरहेको खड्काले जानकारी दिए ।

भिडियो

 

Tags: केशव खड्काधर्म न्यौपानेनमुना कलेज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक
FEATURE BREAKING

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

मोरङ : मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना र कानुनी अनियमितताको अनुसन्धान सुरु भएपछि पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत काँकडभिट्टा–लौकही सडकखण्डको निर्माण...

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद
समाचार

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

by टाकुरा न्यूज । इटहरी
असार १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–३ नडाहा चोकस्थित मदन भण्डारी लोकमार्गमा दुर्घटनाग्रस्त भारतीय नम्बरको स्कारपियोबाट एक सय चार किलोभन्दा बढी गाँजा...

कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३
झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

झापामा रोजगार मेलाबाट एक सय ६४ जनाले पाए जागिर

असार १, २०८३
मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

मोरङमा बसको ठक्करबाट वृद्धको मृत्यु

असार १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोलाजन्य सामाग्री अवैध उत्खननमा रोक

मोरङका पाँच क्रसर उद्योगमाथि राजस्व हिनामिना आरोपमा अनुसन्धान, सडक कालोपत्रे रोकियो

असार १, २०८३
सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

सुनसरीमा दुर्घटनाग्रस्त भारतीय स्कारपियोबाट एक सय चार केजी गाँजा बरामद

असार १, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

आइतबार बिदा हटाउने कोशी सरकारको संकेत

असार १, २०८३
अलैँचीको मूल्य घटेपछि भोजपुरका किसान चिन्तित

ताप्लेजुङमा अलैँची महोत्सवको तयारी

असार १, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.