धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थितबाट लागूऔषध तीन सय केजी गाँजा बोकेको कारसहित चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले भेडेटार रवी–राँके सडकखण्डमा को १ च ३४७८ नम्बरको मारुती कारलाई शंका लागेर चेकजाँच गर्दा कारभित्र कालो प्लाष्टिकले बेरेको १० पोकामा तीन सय केजी लागूऔषध गाँजा बरामद भएको थियो ।
गाँजा बरामद भएसँगै कार र चालक विराटनगर महानगरपालिका १५ का २६ वर्षीय प्रिन्सकुमार साहलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको ।
लागूऔषध गाँजा बोकेको कारसहित पक्राउ परेका साहको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post