इटहरी : सुनसरीमा एक युवकमाथि गोली प्रहार भएको छ ।
शनिबार (आज) सुनसरीको बराहक्षेत्र १ सूर्यकुण्डका १९ वर्षीय निरज राईमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन् ।
घाँस काट्न गएका राईको दाहिने खुट्टाको घुँडामाथि गोली लागेपछि उनी घाइते भएका छन् । प्रहरीकाअनुसार उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
जंगलमा भएको गोली प्रहारको कारण र दोषी पहिचान हुन नसकेपनि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
घटनाको प्रकृति हेर्दा जंगली जनावरलाई हानेको गोली निरजलाई लागेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएपनि प्रहरीले थप अनुसन्धान सुरू गरेको छ ।













Discussion about this post