इटहरी : सुनसरीमा गोली प्रहार भएको छ । सोमबार (आज) साँझ जिल्लाको देवानगञ्जमा अज्ञात समूहले गोली प्रहार गरेको छ ।
घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय रवीन्द्र यादव र वडा नं. १ का शिवुकुमार मेहता रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार यादवको अवस्था सामान्य छ भने मेहता गम्भीर घाइते भएका छन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post