इटहरी : इटहरी उपमहानगरपालिकामा नयाँ आएका प्रमुख प्रशासकीय अधिकृत एक महिनामै सरूवा भएका छन् ।
गत फागुन २१ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यभार सम्हालेका हेमराज भुसाल कार्यभार सम्हालेको एक महिना नबित्दै सरूवा भएका हुन् ।
उनी यसअघि नै काठमाडौँमा सरूवाका लागि धाएको बताइन्छ ।
गत माघ २५ गते उपसचिवबाट सह–सचिवमा बढुवा भएका भुसाल इटहरी उपमहानगरमा आएका थिए । भुसाललाई बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरूवा गरिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सूचना जारी गर्दै भुसाललाई बागमती पठाएको हो ।
यसअघि रामचरित्र मेहता प्रमुख प्रशासकीयको रूपमा लामो समयसम्म इटहरीमा कार्यरत रहेका थिए । उनको सरूवापछि इटहरीमा भुसाल आएपनि एक महिना पनि टिकेनन् ।
अघिल्लो आर्थिक वर्षकै मोटो रकम भुक्तानी गर्न बाँकी रहेकाले इटहरी उपमहानगरका योजनाहरू प्रभावित बन्दै गएका छन् ।














Discussion about this post