धनकुटा : धनकुटामा ट्रयाक्टर दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु भएको छ ।
धनकुटा नगरपालिका–९ रुद्रबारीमा आज (बुधवार) को २ त ७९३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरबाट खसेर सहचालक, धनकुटाको सहिदभूमि नगरपालिका–७ का २० वर्षीय विवेक बगाले थापाको घटनास्थलमै मृत्यु भएको हो ।
टायर पन्चर भएर ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।
ट्रयाक्टर चालक किसान राई तत्काल फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post