Sunday, September 20, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ कवितालाई प्रथम पुरस्कार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १२, २०८२
in कला साहित्य, समाचार
0
अविनाश भट्टराईको ‘झ्यालको सौन्दर्यशास्त्र’ कवितालाई प्रथम पुरस्कार
357
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी २० तरहरामा शुक्रवार (आज) भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी आज वाचन गरिएको थियो । जसमध्ये भट्टराईको कविताले प्रथम स्थान प्राप्त गरेको हो ।

यसैगरी खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता द्धितीय भयो । यस्तै, रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविता तृतीय भयो ।

यसैगरी सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दीपिन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ शान्तवना भयो ।

श्री जनसहयोग माध्यमिक विद्यालयमा २०५० सालमा एसएलसी दिएका समूहले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने कवि भट्टराईले नगद ५१ हजार एक सय प्राप्त गरेका छन् ।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्राप्त गरे ।

उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा. स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरियो ।

कार्यक्रममा अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवस प्रमुख अतिथि थिए ।

आयोजक समितिका संयोजक मुक्तिनाथ घिमिरेका अनुसार समूहले यसअघि चैत मसान्तसम्ममा कविता पठाउन आह्वान गरेको थियो ।

समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार नेपालमै सबैभन्दा बढी राशिको प्रतियोगिता भएको दाबी गरिएको छ । सोही कार्यक्रमको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पु¥याएका आठ जनालाई सम्मान गरिएको छ ।

Tags: #साहित्यअविनाश भट्टराईकविता
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनिष गाैतमका दुई गजल
FEATURE BREAKING

मनिष गाैतमका दुई गजल

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

गजल - १ हिजो सम्मन् भयो भ्रम फूल मात्रै ठानियो दामी । उनी दिलमा बिझिन् मेरो र काँडा लाग्दियो दामी...

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन
कला साहित्य

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

by टाकुरा न्यूज । इटहरी
अशोज ३, २०८३
0

विराटनगर । अग्रज कवि तथा रङ्गकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ। विराट साहित्य संगमले...

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३
पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित परिवारलाई राहत

अशोज ३, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते

अशोज ३, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनिष गाैतमका दुई गजल

मनिष गाैतमका दुई गजल

अशोज ३, २०८३
कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

कवि एवं रङ्गकर्मी प्रयाग न्यौपानेको ‘अन्पी मुसहरको माटो’ विमोचन

अशोज ३, २०८३
अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अरनिकोमा वादविवाद प्रतियोगिता, समीक्षा पौडेल प्रथम

अशोज ३, २०८३
संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

संविधानको पूर्ण कार्यान्वयन गर्दै गणतन्त्र सुदृढ गर्न मुख्यमन्त्री कार्कीको आह्वान

अशोज ३, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    959 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    516 shares
    Share 206 Tweet 129
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.