Sunday, April 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा तरुण दलको विवाद के हो ? नेताहरूले के भने ?

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १६, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीमा तरुण दलको विवाद के हो ? नेताहरूले के भने ?
650
SHARES
Share on FacebookShare on Twitter

इटहरी : नेपाल तरुण दल इटहरीमा देखिएको विवादको विषयमा नेताहरूले चिन्ता व्यक्त गर्दै समाधानको उपाय निकाल्न शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् ।

मंगलबार इटहरीस्थित एक कार्यक्रमको आयोजना गर्दै नेता तथा कार्यकर्ताहरूले इटहरीमा देखिएको तरुण दलको विवादलाई तत्कालै समाधान गर्नुपर्ने बताएका छन् ।

केही दिनअघि तरुण दल सुनसरीले हस्तक्षेप गरी नगर कार्यसमिति अवैधानिक किसिमबाट चयन गरेको भन्दै नेताहरूले आपत्ति जनाएका हुन् ।

नगर समिति रहेकै अवस्थामा नगर समितिलाई नै जानकारी नदिइकन जिल्ला समितिले नगर समिति पुनः चयन गरेको थियो । यसबारे मंगलबार तरुण दल इटहरीका सभापति विष्णु खत्रीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

जसमा पूर्व मन्त्री एवम् कांग्रेस सुनसरीका पूर्व सभापति सीताराम मेहता प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

कांग्रेस सुनसरीका सचिव वीरेन्द्र साह, सुनसरी क्षेत्र नं. २ का निवर्तमान सभापति मणिराम श्रेष्ठ, इटहरी उपमहानगरपालिकाका सभापति एवम् मेयर हेमकर्ण पौडेल, महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष विकास केसी, सुनसरी क्षेत्र नं. २ (क)का सभापति सुबेक्छु देवानलगायतले बोल्दै वर्तमान कार्यसमिति रहेकै अवस्थामा हस्तक्षेप गरी नयाँ नेतृत्व चयन हुनु अवैधानिक र नीतिगत नरहेको टिप्पणी गरे ।

‘अबका दिनमा पार्टीलाई विधिसम्बत चलाउने कुरामा, पद्दतिको कुरामा, पार्टीलाई एक बनाउने कुरामा सबै एकजुट हुनुपर्छ,’ मेयरसमेत रहेका इटहरी कांग्रेसका सभापति पौडेलले भने, ‘अब व्यक्तिबीचको गुट होइन, वैचारिक र रचनात्मक गुट बनाउनुपर्छ । हामीले इटहरीको कांग्रेसलाई गुटरहित बनाउन र एकजुट हुनमा सबैलाई आग्रह गर्छु ।’

उनले तरुण दलभित्र एकता बनाउन आफूले भूमिका खेल्ने बताए । अहिले भइरहेको विवादको समाधानका निम्ति आफूले पहल गर्ने उनले आश्वासन दिलाए ।

महाधिवेशन प्रतिनिधि एवम् नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष केसीले कोही एक व्यक्तिका कारण आज तरुण दल नै बदनाम भइरहेको बताए ।

‘कुनै बेला तरुण दल भन्नेबित्तिकै भ्रष्टाचारीहरू डराउने अवस्था हुन्थ्यो । सकारात्मक काममा तरुण दल सधैँ एक हुन्थ्यो,’ उनले भने, ‘आज तरुण दल भन्नेबित्तिकै बजार आतङ्कित हुने अवस्था सिर्जना भएको छ । अहिले जसरी तरुण दल इटहरीमा अवैधानिक ढंगबाट नेतृत्व चयन गरिएको कुरा आइरहेको छ, यसले पनि पछिल्लो दृष्टान्त प्रस्तुत गर्छ ।’

उनले तरुण दल इटहरीको विद्यमान कार्यसमिति हुँदाहुँदै जिल्लाले थाहै नदिईकन हस्तक्षेप गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि मेहताले तरुण दल कांग्रेसको भातृ संस्था रहेको उदृत गर्दै पार्टीलाई एकजुट बनाउनुपर्ने र यसमा सबैजना सचेत हुनुपर्ने बताए ।

पार्टीमा कोही मानिसको व्यक्तिगत चाहनाले जित्न नहुने र विधि, पद्दतिले जित्नुपर्ने मेहताको भनाइ थियो ।

यसअघि गत ८ वैशाखमा सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल तरुण दल इटहरी उपमहानगर समिति गठन भएको सार्वजनिक भएको थियो ।

तरुण दल इटहरीका सभापति विष्णु खत्री र सचिव बादल दाहालले भने एक विज्ञप्ति जारी गरी विधानविपरीत समिति गठन गरिएको भन्दै आपत्ति जनाए ।

‘कुनै पनि सूचना नदिइकन तरुण दलको विधानविपरीत नगर समितिको अधिकारमाथि हस्तक्षेप गर्नु अवैधानिक हो,’ विज्ञप्तिमा भनिएको थियो, ‘यस विषयमा नेपाल तरुण दल इटहरी उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सार्वजनिक भएको नामअनुसार इटहरी–९ का गोरे भनिने अनिष सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरेका हुन् । तर, सुवेदीको अध्यक्षतामा भएको समिति अवैधानिक रहेको कांग्रेस इटहरीले जनाएको छ ।

भिडिओ 

Tags: #इटहरी#कांग्रेस#तरुण दल#नेपाली कांग्रेसटाकुरा विशेषविवाद
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा
FEATURE BREAKING

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ६, २०८३
0

इटहरी : १६औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि प्लानिङ ब्वाइज युनाइटेड र गछिया युवा समाज मोरङबीच...

विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि
FEATURE BREAKING

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
बैशाख ५, २०८३
0

विराटनगर : विराटनगरमा धर्म प्रचारमा संलग्न रहेको आरोपमा ६ जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित...

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३
बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बिस्कुटमा रौँ भेटिएपछि सुनसरीबाट उत्पादन हुने ‘गुडलाइफ’ उद्योगलाई २ लाख जरिबाना 

बैशाख ५, २०८३
विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

विराट गोल्डकप : आज फाइनल खेल, कसले उचाल्छ ट्रफी ?

बैशाख ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

इटहरी गोल्डकप : सातदोबाटोलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज फाइनलमा

बैशाख ६, २०८३
विराटनगरमा पत्रकारसहित २३ जनामा कोरोना पुष्टि

विराटनगरमा धर्म प्रचारमा संलग्न ६ जना पक्राउ

बैशाख ५, २०८३
उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

उदासलाई ५० र श्रेष्ठलाई २५ हजार राशिसहित ‘देवकुमारी थापा स्मृति सम्मान’

बैशाख ५, २०८३
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक बढेसँगै व्यवसायी उत्साहित

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन

बैशाख ५, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1273 shares
    Share 509 Tweet 318
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    465 shares
    Share 186 Tweet 116
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.