Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

कोशीमा कृषि र पर्यटनमा लगानी गर्ने उपयुक्त समय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १९, २०८२
in समाचार
0
कोशीमा कृषि र पर्यटनमा लगानी गर्ने उपयुक्त समय
94
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशका कृषि र पर्यटनको क्षेत्रमा लगानी गर्ने उपयुक्त समय भएको कृषि र पर्यटन क्षेत्रका विज्ञहरूले बताएका छन् ।

विराटनगरमा जारी लगानी सम्मेलनको प्रदेशको समृद्धिमा पर्यटन र कृषि बिषयक प्यानल डिस्कसनमा कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरूले लगानीका लागि उपयुक्त समय आएको बताए ।

पर्यटनको सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले विश्व पर्यटन बजारमा पर्यटकको ट्रेन फेरिएको बताए ।

पहिला पहिला सुुविधायुक्त जीवन जिउनका मानिसहरू घुमफिर गर्ने गर्थे जोशीले भने, ‘अहिले आएर नभोगेको जीवन जिउन पाइने गन्तव्यहरू खोज्दै पर्यटकहरू हिँडिरहेका छन् । प्राकृतिक सौन्दर्ययता, एड्भेन्चर विविधताले गर्दा पर्यटकका लागि नेपाल गन्तव्य हुन सक्छ ।’

जोशीले पर्यटन व्यवसायमा पनि प्रविधिको प्रवेश भएकाले प्रविधि मार्फत नेपालका पर्यटकीय गन्तव्यको प्रचार प्रसार भइरहेको बताए ।

उनले नेपालमा पर्यटकको सङ्ख्या बढ्ने दाबी गरे । उनले भने, ‘अबको गन्तव्य नेपाल जस्ता मुलुकहरू हुन् । त्यसैले नेपालको पर्यटन क्षेत्रमा लगानी गरे प्रतिफल हासिल हुन्छ ।’

कृषि क्षेत्रका विज्ञ डा. तिलचन्द्र भट्टराईले कोशी प्रदेशका रैथाने बालीहरूको व्यावसायिक र आधुनिकीकरणमा लगानी गर्ने उपयुक्त समय भएको बताए । उनले भने, हाम्रा आफ्ना चिजहरूको हामीले प्रवर्धन गर्न सकेका छैनौ । प्रवर्धनका लागि ठुलो लगानीको खाँचो छ ।

भट्टराईले कोदो फापर अलैँची, अदुवा, चिया जस्ता क्षेत्रमा ठुलो लगानीको खाँचो रहेको बताए । लगानी बिना प्रतिफल हुन सक्दैन । यसका लागि सरकारले नीति र कानुनहरू समेत लगानी मैत्री बनाउनु पर्नेमा उनले जोड दिए ।

भट्टराईले भने, अहिले सरकारले एकै साथ धेरै कानुनहरू संशोधन गरेर लगानीको वातावरण बनाएको छ । यो अवसरमा लगानी गर्न सके प्रतिफल हासिल हुन्छ ।

हामीसँग परम्परागत बिउहरूको जातीय रूपमा सुधार गर्ने पुर्खाहरूको ज्ञान थियो । डा. भट्टराईले भने, ‘अहिले आएर हामीले त्यो ज्ञान बिर्सिएका छौँ । यसलाई मात्रै आधुनिकीकरण गर्न सके आम्दानी बढ्छ । उनले चिया र अलैँचीको ठुलो सम्भावना भएको र त्यसको क्षेत्रमा रिसर्च र अनुसन्धान गर्नुपर्ने बताए ।’

प्यानलिष्टका रूपमा सहभागी उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी मैत्री वातावरण बनाउनका लागि विद्यामान नीति नियमहरूमा परिमार्जन गर्नु पर्ने बताए । उनले झन्झटिलो प्रक्रियाका कारण लगानीकर्ताहरूलाई फाइदा नहुने भएकाले लगानी कर्ताहरू आकर्षित खालको कानुन बनाउन जोड दिए ।

उनले भने, ‘एउटा उद्योगको दर्ता गर्नका लागि वातावरणीय प्रभाव मूल्याङ्कन रिपोर्ट निकाल्नै १० महिना कुर्न पर्छ । यसले गर्दा ३ वर्षमा सम्पन्न गर्ने प्रोजेक्ट सम्पन्न गर्न ६ वर्ष लाग्छ त्यतिन्जेलमा लगानीकर्तालाई व्याजले मारिसकेको हुन्छ । तसर्थ यस कुरामा पनि ध्यान दिनुपर्छ। अहिले वातावरण बनेको छ हामी खुसी नै छौँ।’

कृषि उद्यमी शारदा बाँस्कोटाले तीन तहका सरकारकारी नीतिका कारण कृषि क्षेत्रमा लगानी गर्न समस्या भएको बताए । उनले यसका लागि सरकारले सहजीकरण गर्नु पर्ने जोड दिए ।

Tags: कोसी प्रदेशलगानी सम्मेलन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
FEATURE BREAKING

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

by रासस
अशोज ५, २०८३
0

सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु
FEATURE BREAKING

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज ५, २०८३
0

इटहरी : विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा हिमपहिरोमा परी भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहा र नेपाली शेर्पा गाइड फुरसेम्बा...

करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

अशोज ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३
मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    308 shares
    Share 123 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.