टाकुरा न्युज
Monday, May 19, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : बैशाख २१, २०८२
0

तस्बिरमा इलाका प्रहरी कार्यालय इटहरी ।

1k
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी २० तरहरामा ग्याङ फाइट भएको छ । आज (आइतबार)बिहान करिब १० बजेतिर ग्याङ फाइट भएको हो ।

फाइटमा एक युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको छ भने अर्का युवकको टाउकोमा चोट लागेको छ ।

स्थानीय आकाश गिरी तरकारी किन्नका लागि पसल गएका थिए । सोही मौकमा छोपेर इटहरी २० तरहरास्थित धनपुरी मार्ग बस्ने सुशानजङ्ग घिमिरेको समूहले उनीमाथि आक्रमण गरेको थियो ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार झगडामा दुईजना घाइते भएका छन् ।

इटहरी २ घर भएका २५ वर्षीय पारस भनिने किरन राईको घाँटीमा चोट लागेको डीएसपी भण्डारीले जानकारी दिए । उनको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यसैगरी इटहरी २० तरहरा घर भएका अन्दाजी ४० वर्षीय वीरेन (बाबु) बुढाथोकीको टाउकोमा चोट लागेको छ । उनको इटहरीमा सामान्य उपचारपछि थप उपचारका लागि आफन्तको जिम्मामा विराटनगर पठाइएको डीएसपी भण्डारीले जानकारी दिए ।

यद्यपि, दुवै घाइतेलाई प्रहरीले निगरानीमा राखेको छ ।

घटनामा इटहरी २० बस्ने १९ वर्षीय सुशानजङ्ग घिमिरे, इटहरी २ बस्ने २३ वर्षीय अरुण राई, इटहरी २ बस्ने नितेस बुढाथोकीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘पुरानो रिसिइबीका कारण दुई समूहबीच झडप भएको देखिन्छ,’ डीएसपी भण्डारीले टाकुरा न्यूजसँग भने, ‘दुवै घाइतेमाथि डिटेलमा बुझ्न नपाएका कारण र थप अनुसन्धान भइनसकेकाले ठ्याक्कै के कारण घटना भएको भन्न सकिन्न ।’

उनका अनुसार घाइतेको उपचारपछि उनीहरूमाथि र पक्राउ परेका दुवै समूहका व्यक्तिहरूमाथि अनुसन्धान भइसकेपछि थप विवरण खुल्नेछ ।

खासगरी बुढाथोकी तरहरामा कवाडी पसल सञ्चालन गर्दै आएका थिए । उक्त पसलमा आकाश गिरीले काम गर्दै आएका थिए । आइतबार बिहान घिमिरेको समूहले गिरीमाथि सुरूमा प्रहार गरेको थियो ।

त्यसपछि दुई समूहबीच झडप भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उक्त घटना योजनाबद्ध किसिमले भएको र मुख्य योजनाकार घिमिरे रहेको प्रहरीको निष्कर्ष छ । उनको समूहमा अरू मानिस पनि रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ । घटनामा गिरी भने फरार छन् । उनको खोजी कार्य भइरहेको छ ।

इटहरी २ बाट आएको समूहले खुकुरीसँगै फलामका अन्य सामाग्रीसमेत बोकेर आएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनामा संलग्नमाथि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिने तयारी रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

डीएसपी भण्डारीले भने, ‘दुवै समूहका मानिसमाथि अनुसन्धान र संलग्न अन्यको पनि खोजी कार्य गरी आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।’

Tags: #तरहराग्याङ फाइटप्रहार

Related Posts

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद
समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । झापाको बिर्तामोड नगरपालिका–५ बाट सो...

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?
FEATURE BREAKING

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : जेष्ठ ५, २०८२
0

इटहरी : इटहरीका विभिन्न स्थानमा केही दिनदेखि खानेपानी नहुँदा समस्या भएको छ । इटहरीको वडा नं. १, १९ र २०...

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका एक युवक ताप्लेजुङमा मृत भेटिए, हत्या आशंकामा १२ जना पक्राउ

मोरङमा छोराले चलाएको मोटरसाइकल दुर्घटना हुँदा आमाको मृत्यु

प्रकाशित मिति : जेष्ठ ५, २०८२
झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा : अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

प्रकाशित मिति : जेष्ठ ५, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद

प्रकाशित मिति : जेष्ठ ५, २०८२
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

कञ्चनजङ्घा क्षेत्रमा रहेको हिमश्रृङ्खलाको मनमोहक दृश्य

प्रकाशित मिति : जेष्ठ ५, २०८२
कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

कोशी प्रदेशका चार जना सांसद सवार गाडीलाई कारले ठक्कर दिएपछि…

प्रकाशित मिति : जेष्ठ ५, २०८२



लाेकप्रिय

  • तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    तरहरा : घरमा पानी हाल्ने क्रममा छतबाट लडेर असईको मृत्यु

    2426 shares
    Share 970 Tweet 607
  • विराटनगरमा स्कुल हिँडेका बालकको गेटले किचेर मृत्यु

    2409 shares
    Share 964 Tweet 602
  • धरानमा ब्राउनसुगर र ट्याबलेटसहित तीन युवक पक्राउ

    1802 shares
    Share 721 Tweet 451
  • तरहरामा ग्याङ फाइट, घाँटीमा धारिलो हतियार प्रहार

    1040 shares
    Share 416 Tweet 260
  • इटहरीबाट बराहक्षेत्र गएका मामा–भाञ्जालाई सप्तकोशी नदीले बगायो, भाञ्जालाई बगाएछि मामा बचाउन गएका थिए

    965 shares
    Share 386 Tweet 241
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana