विराटनगर : विराटनगरको बाल सुधार गृहबाट तीन जना बालक फरार भएका छ्न् । विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट तीन जना फरार भएका हुन् ।
सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार उदयपुर, झापा र ताप्लेजुङ घर भएका १७ देखि १८ वर्ष उमेर समूहका तीन बालक फरार भएका हुन् ।
फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो । उनी तीन वर्ष सुधार गृहमा थिए ।
झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि पुर्पक्षका लागि सुधार गृहमा आएका थिए ।
फरार भएका बालकहरुको खोजी भइरहेको मोरङ प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । खासगरी पछिल्लो ५ वर्षमा सुधार गृहबाट चारपटक बिज्याइँकर्ताहरू भागिसकेका छन् ।
पाँच वर्षको अवधिमा १० जना बिज्याइँकर्ताहरू सुधार गृहबाट भाग्दा उनीहरूको खोजीका लागि सुरक्षाकर्मीलेसमेत हैरानी व्यहोर्नु परेको छ । सोमबार तीन बालक फरार भएपछि सुरक्षाकर्मीलाई हैरानी परेको छ ।
सुरक्षाकर्मीको घेरामा रहेको सुधार गृहबाटै कसरी बालक फरार हुन्छन् भन्नेबारे सम्बन्धित निकाय स्वयम् आश्चर्यमा पर्ने गरेको छ ।














Discussion about this post