इटहरी : प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको छ ।
झापाको बिर्तामोड नगरपालिका–५ बाट सो बराबरको सामानसहित कन्टेनर नियन्त्रणमा लिएको हो ।
भारतबाट काँकडभिट्टा हुँदै नेपाल भित्रिएको एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एन ७४८६ नम्बरको तीन वटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ती कन्टेनरबाट तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
भन्सार छली नेपाल ल्याइएका ट्याक कम्बाईन हार्भेस्टर लगायतका सामानहरू बोकेर आएको कन्टेनरलाई राजश्व अनुसन्धान कार्यालय इटहरी ल्याइएको प्रहरीको भनाइ छ ।
Discussion about this post