इटहरी : सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीबाट गाँजा बरामद गरिएको छ ।
दुहबी नगरपालिका–११ तनमुनास्थित नहरचौक–शुक्रबारे भित्री सडक खण्ड भएर लागूऔषध गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर सागर तिमल्सिना नेतृत्वको टोलीले गाँजा बरामद गरेको हो ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको डब्लुबी ०६ एच २८५८ नम्बरको भारतीय स्कोरपिओ गाडी चालकले प्रहरीलाई देख्नसाथ गाडी छाडेर फरार भएका थिए ।
प्रहरीले रोकेर चेकजाँच गर्ने क्रममा गाडीभित्र १४ वटा पोका भेटिएको थियो ।
उक्त प्लाष्टिकको पोकाभित्र ‘प्याक’ गरेर गाडीमा लोड गरिएको अवस्थामा चार सय ३८ किलोग्राम गाँजा बरामद गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
फरार चालकको खोजी तीव्र पारेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।












Discussion about this post