सोलुखुम्बु : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका २ मा एक पुरुषको हत्या भएको छ । स्थानीय ४० वर्षीय प्रेमकुमार कुलुङ राईको कुटपिट गरी हत्या भएको हो ।
हत्याको आरोपमा सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले पक्राउ गरेको छ ।
सामान्य वादविवादको क्रममा रघुले प्रेमकुमारलाई बाँसको भाटा र लाठ्ठीले शरीरको विभिन्न भागमा कुटपिट गर्दा घाइते भएका उनको महाकुलुङ आधारभूत अस्पताल बुङमामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रघुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट थप अनुसन्धान तथा कानूनी कारबाही भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post