धरान : नेविसंघ पूर्वाञ्चल क्याम्पस इकाइले प्लाष्टिक प्रदूषण न्यूनीकरण र हरियाली प्रवर्द्धनको उद्देश्यसहित ‘प्लाष्टिक देऊ, बिरूवा लैजाऊ’ अभियान सञ्चालन गरेको छ।
अभियानअन्तर्गत प्लाष्टिक संकलन गर्ने जो-कोहीलाई बिरूवा प्रदान गरिने व्यवस्था गरिएको छ।
प्लाष्टिक फोहोर व्यवस्थापन चुनौती बनेको अवस्थामा विश्व वातावरण दिवसको सन्दर्भमा बिहीबार धरानको नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस कमिटिले ‘प्लाष्टिक देऊ, बिरूवा लैजाऊ’ अभियान चलाएको छ ।
सार्वजनिक स्थल, खोलानाला, ल्याण्डफिल साइड र खुल्ला स्थानमा प्लाष्टिक विर्सजन हुने गरेको छ । जसले गर्दा यसलाई न्यूनीकरण गर्नका लागि ‘प्लाष्टिक देऊ, बिरूवा लैजाऊ’ अभियान चलाइएको हो ।
अभियानमा क्याम्पसका विद्यार्थी मात्र नभएर स्थानीय बासिन्दाहरु पनि सहभागी भएको नेपाल विद्यार्थी संघ पूर्वाञ्चल क्याम्पस सभापति प्रभाव कट्वालले बताए ।
उनका अनुसार अभियानका क्रममा क्याम्पस भित्र र आसपासको प्लास्टिक झण्डै ३५ केजी प्लास्टिक बोतल सङ्कलन गरियो । सङ्कलन गरेको प्लास्टिक बोतल रिसाइकलको लागि पठाउनेछ ।
यसै क्रममा धरान–८ स्थित अरनिको मेमोरियल बोडिङ्ग स्कुलमा अभियान चलाइएको थियो ।
दुई सय जना विद्यार्थीले झण्डै पाँच सय वटा प्लास्टिक बोतल सङ्कलन गरेर नेपाल विद्यार्थी संघलाई दिएको कट्वालले बताए ।
अभियानको नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् नेविसंघ पूर्व केन्द्रीय सभापति राजीव ढुंगाना प्रमुख अथिति रहेका थिए । सो क्रममा नेविसंघ पूर्व केन्द्रीय उपसभापति विकास केसी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं २ ‘क’ सभापति सुबेक्छु देवान, नेविसंघका नेता उमेश सुब्बा, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस सभापति विनोद आले मगरलगायतको सहभागिता रहेको थियो ।
Discussion about this post